images
images

नेप्से ४५ अंकले घटेर २ हजारको विन्दुमा, सबै उपसूचक रात्ताम्मे 


  • 320
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    नेप्से ४५ अंकले घटेर २ हजारको विन्दुमा, सबै उपसूचक रात्ताम्मे 

    काठमाडौं । आज साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.५९ अंकले घट्दा २ हजार १८ दशमलव २४ विन्दुमा पुगेको छ । यसदिन २ सय ३३ कम्पनीको १ अर्ब २८ करोड बराबरको ३८ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ । 

    आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । जसमा बैंकिङ समूह सबैभन्दा धेरै २.७४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादनमूलक र अन्य समूह पनि २ प्रतिशतलेभन्दा धेरै घटेको छ ।

    आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको ६ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।त्यस्तै, हिमालयन डिष्टिलरीको ३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ कोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । वलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । 


    images
    images

    Logo