images
images

इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्ने गण्डकी प्रदेशको घोषणा


  • 303
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्ने गण्डकी प्रदेशको घोषणा

    काठमाडौं । इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्ने गण्डकी प्रदेशको घोषणा गरेको छ । यातायात व्यवस्था कार्यालय कास्कीले  मंगलबार सूचना जारी गरी कार्यालयले नयाँ र सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट दिन नसक्ने बताएको हो ।  

    कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भई आउने सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य सुचारु रहने व्यहोरा सबैमा जानकारीका लागि अनुरोध छ ।’

    कार्यालयले आफूहरुको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको बताएको छ ।

    285919640_1902641533264299_4815410249362945463_n.jpg


    images
    images

    Logo