काठमाडौं । काठमाडौं कायपालिको सदस्य निर्वाचन आज भइरहेको छ । कार्यपालिकामा प्रतिनिधित्व गर्ने ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यक समुदायका ३ जना सदस्य समेत गरि कुल ८ सदस्यको लागि अहिले निर्वाचन भइरहेको हो ।
स्थानीय तह निर्वाचनमा नगर सभामा निर्वाचित भएका मेयर , उपमेयर, ३२ वडाको बडाध्यक्ष र सदस्य गरि १६० जना सदस्यहरु उक्त मतदानमा भाग लिइरहेका छन् । अहिले नगर सभामा नेपाली कांग्रेसको बहुमत छ । एकल बहुमत भएपनि कांग्रेसले गठबन्धन गरेर एकीकृत समाजवादी र माओवादी केन्द्रलाई १÷१ जना सदस्य दिएको छ । बाँकी ६ जना कांग्रेसले आफुलाई राखेको छ ।
यो चुनावमा नेकपा एमालेबाट भने कुनैपनि सदस्य भने निर्वाचन हुने छैनन् । यो निर्वाचनसगैँ नगर कार्यपालिकाले पुर्णता पाउने छन् ।