images
images

स्वदेशभित्र हुने रेमिटेन्स कारोबारमा थप कडाइ


  • 431
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    स्वदेशभित्र हुने रेमिटेन्स कारोबारमा थप कडाइ

    काठमाडौं । स्वदेश भित्र हुने रेमिटेन्स कारोबारमा थप कडाइ गरिएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशनमा संसोधन गर्दै नेपालभित्र एक शहरबाट अर्को शहरमा हुने रेमिटेन्स कारोबारमा थप कडाइ गरेकाे हाे । 

    यसअघि गत फागुनमा निर्देशन जारी गर्दै ५० हजार रुपैयाँ रहेकाे काराेबारकाे सीमालाई घटाएर प्रतिव्यक्ति, प्रतिकारोबार, प्रतिदिन २५ हजार रुपैयाँ  कायम गरेकाे थियो । यसलाई कायमै राखेकाे राष्ट्र बै‌कले निर्देशनलाई थप प्रष्ट पार्दै अब नगद,वालेट वा बै‌क खातामार्फत् हुने काराेबारमा यस्ताे सीमा लागु हुने जनाएकाे छ । 

    राष्ट्र बै‌कले यसअघि  जारी गरेकाे निर्देशनकाे अपव्याख्या गर्दै रेमिटेन्स कम्पनीहरुले डिजिटल माध्यमबाट भुक्तानी हुने रेमिटेन्सकाे हकमा याे सीमा उल्ल‌घन गरेकाे पाइएपछि राष्ट्र बै‌कले यस्ताे निर्देशन दिएकाे हाे । 

     

     


    images
    images

    Logo