काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र शाह (बालेन) ले अबदेखि कुहिने र नकुहिने छुट्याएको फोहोर मात्रै उठाउने बताएका छन् । समाजिक सञ्जालमार्फत् शाहले काठमाडाैमा थुप्रिएको फोहोर अब उठ्ने भन्दै नछुट्टिएको फोहोर भने फिर्ता पठाउने बताएका हुन् ।
‘महानगरले पनि पहिलेका कमजोरी वा गल्तिहरु दोहोर्याउने छैन । फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ । हामी यति विश्वास दिलाउन चाहन्छौँ कि तपाईले छुट्याइसकेको फोहोरलाई महानगरले पुनः एकैठाउँमा मिसाउने गल्ति गर्ने छैन,’ शाहले भनेका छन्, ‘तपाईले छुट्याएर संकलन गर्ने गाडीमा हालिसकेको फोहोरसँगै आफुले नछुट्याइ ल्याएको फोहोर कसैले मिसाउन पाउन छैन । यसको अर्थ हो, नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न सक्ने असुविधाका लागि माफी चाहन्छौँ तर नछुट्टिएका फोहोर संकलन नगर्ने कुरामा हामी सम्झौता नगरौँ ।’



