काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, तेजावी सुन मंगलबार ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदी १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ ।