काठमाडौं । फोहोर फाल्न प्रतिनिधि बीच भएको सहमति स्थानीयले नमान्ने भएका छन् । सरकार र जनप्रतिनिधिको सहमति नमान्दै जनताले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् ।
सोमबार शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
तर आज फोहोर बोकेर बञ्चरेडाँडामा पुगेको गाडीलाई स्थानियबासीले बाटोमै रोकोका छन् । केहीदिदेखि सडकका फोहोर उठ्न सकेका छैनन् सडक थुप्रिएको फोहोरका कारण जताततै दुर्गन्ध फैलिएको छ ।