images
images

सयपत्री हाइड्रोपावरको आईपीओ असार २ गतेदेखि


  • 479
    SHARES
  • २०७९ जेठ २४ गते मंगलबार

    सयपत्री हाइड्रोपावरको आईपीओ असार २ गतेदेखि

    काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओमा असार २ गतेदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । 

    कम्पनीले ३ करोड रुपैयाँ बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि  निष्काशन गर्न लागेको हो।

    सो शेयरको निष्काशन बन्द छिटोमा असार १६ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ।उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजारकित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo