images
images

काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने 


  • 423
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठाइने 

    काठमाडौं । करिव एक सातादेखि उठ्न नसकेको काठमाडौं उपत्यकाको फोहोर भोलिबाट उठ्ने भएको छ ।  सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो । सोमबार भएको  जनप्रतिनिधिहरुको छलफलले भोलि (मंगलबार)बाट  काठमाडौं महानगर भित्र थुप्रिएको फोहोर उठाउने भएको छ ।
     
    स्थानीयले राखेका विभिन्न माग पुरा गर्ने महानगरले प्रतिबद्धता जनाए पछि मंगलबार ८ बजेबाट काठमाडौंको फोहोर उठाउने सहमति भएको जनाइएको छ । बैठकमा काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोल तथा ककनी, धुलिबेसी, गोकर्णेश्वर जनप्रतिनिधिको सहभागिता रहेको थियो ।  

    जेठ १४  गतेबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायते ठाउँको फोहोर उठाउन सकेका छैनन् । सो फोहोर भोली बिहान ८ बजेबाट उठने भएको छ । 

    p1_ckWENj9Hnh.jpg
    p_bEh2J5Pu6d.jpg


    images
    images

    Logo