राजविराज । सप्तरीमा आज साँझ भएको सबारी दुर्घटनामा नेकपा एकीकृत समाजवादी पार्टीका नेताको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको सुरुङगा नगरपालिका निवासी ६८ बर्षीय रामनारायण चौधरी रहेको प्रहरी उपरिक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।
चौधरी ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीबाट सुरुङा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदबारी दिएका थिए । उक्त पार्टीका जिल्ला कमिटि सदस्य समेत रहेका थिए । निर्वाचनमा ४ हजार ४ सय १७ मत ल्याएर चौधरी दोस्रो भएका थिए ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका ५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सबार स १०प ४६११ नम्बरको स्कुटरलाई ना.६ख ६३९९ नम्बरको ट्रकले ठक्करले ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



