images
images

मध्यपुरथिमिमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु


  • 373
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    मध्यपुरथिमिमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली चोकमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको स्कुटरलाई दूधको ट्याङ्करले ठक्कर दिदाँ नकुल थापाको मृत्यु भएको हो ।

    ट्याङ्करको ठक्करबाट गम्भीर घाइते स्कुटर चालक काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षीय नकुल थापाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

    दुर्घटनामा संलग्न सवारी साधन र ट्याङ्कर चालक भक्तपुर नगरपालिका–२ ब्याँसी बस्ने ३५ वर्षीय राजन ब्याञ्जुलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

     


    images
    images

    Logo