काठमाडौं । सरकारले वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेल बर्खास्त गर्ने निर्णय गरेको छ । सोमवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
तत्कालीन केपी शर्मा अोली नेतृत्वको सरकारले पौडेललाई चार वर्षका लागि नियुक्त गरेको थियो । पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।