काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रप्रकाश गौतमलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयमाको बढुवा समितिले गौतमलाई बढुवा सिफारिस गरेको थियो ।
सशस्त्र प्रहरी बलमा दुई जना एआईजी दरबन्दी छ । त्यसमध्ये एक दरबन्दी रिक्त रहेको थियो । उक्त रिक्त दरबन्दीमा गौतमलाई बढुवा गर्ने निर्णय गरेको हो ।