काठमाडौं । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमै गोली चलेको छ । सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले परिसरभित्रै गोली चलाएका हुन् ।
उनी सो अदालतमा अंश मुद्दा लडिरहेका थिए । गोली चलाएर फरार उनलाई अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन ।