काठमाडौं । आइतबारको विदा खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दर्ता भएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
यो निर्णय सहि नभएको भन्दै सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले सर्वोच्चमा रिट दर्ता गरेका छन् । यसका लागि अदालतले मंगलबार रिटको पेसी तोकिएको छ ।
उनीहरुले पेसी गरेको रिटमा भनिएको छ ,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको रिटमा अध्ययनविनै हचुवाको भरमा गरिएको यस्तो निर्णयबाट मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा जटिलता देखिने भएकाले खारेजीको माग गरिएको छ।
‘यति ठूलो निर्णय हरेक व्यक्तिको उत्पादकत्व कार्यशैली, सार्वजनिक सेवा, सरकारी तथा गैरसरकारी सेवासँग जोडिएको विषयको दूरगामी असरलाई निचोरेर नहेरी, यसको विश्लेषणात्मक अध्ययन–अनुसन्धानविनै हचुवाको भरमा हप्तामा दुई दिन बिदा घोषणा गरिएको अवस्था छ ।



