काठमाडौं । नाडा अटो एक्स्पो २०२२ को बुकिङ जेठ २६ गतेदेखि खुल्ने भएको छ । नाडा अटोमोवाइल्स एशोशिएसन अफ नेपालले यही भाद्र ७ देखि १२ गतेसम्म आयोजना गर्ने लागेको “नाडा अटो एक्स्पो २०२२” बुकिङ जेठ २६ गते देखि ३० गतेसम्म खुल्ने भएको छ ।
काठमाडौंको भृकुुुुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि सिमित ठाउ भएकाले प्रदर्शनी सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि गोलाप्रथाद्वारा नै स्टल उपलब्ध गराइने भएको छ ।
प्रदर्शनीमा २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरुलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्थ मिलाइएको छ । विगतका संस्करणहरुमा उल्लेखिय रुपमा सोधपुछ भएकाले यस वर्ष देखि कमर्शियल भेहिकलहरुलाई पनि सम्मिलित गर्ने उदेश्यले कमर्शियल भेहिकलहरुको सहभागिताका लागि समेत स्टल बुकि¨ रजिष्ट्रेशन आवहान गरिएको कम्पनीले जनाएकाे छ ।



