काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८९ अंकले घटेर २ हजार ६५ दशमलव ८२ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन सोमबार २ सय २८ कम्पनीको १ अर्ब २७ करोड रुपैयाँ बराबरको ४४ लाख ९ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोवारमा आएका मध्ये ८७ कम्पनीको शेयर मुल्य बढेको छ भने ९७ कम्पनीको शेयर मुल्य घटेको छ । सोमबार १३ समुहको परिसुचक मध्ये विकास बैंक, फाइनान्स, उत्पादनमुलक, अन्य, माइक्रोफाइनान्स र म्युचुअल फण्ड बाहेका सवै समुहका परिसुचक घटेका छन् ।
सोमबार कारोवारमा आएको १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्तको सकारात्मक सर्किट लागेको छ भने बलेफी हाइड्रोपावरको मुल्य ९.९६ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै एशियन लाइफ इन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफको ४ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।



