काठमाडौं । रेष्टुरेन्टका शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न पहल गर्ने निर्णय गरेको काठमाडौं महानगरपालिकाले यसको लोगो सार्वजनिक गरेको छ । मेयर बालेन्द्र शाहले उक्त लोगो सार्वजनिक गरेका हुन् ।
नीलो ब्याकग्राउण्डको उक्त लोगोमा नेपाली र अँग्रेजीमा ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचमा महिला र पुरुषलाई जनाउने चिन्ह राखिएको छ ।