काठमाडौं । मन्दाकिनी हाइड्रोपावरकोे आईपीओ असार १ गतेदेखि आउने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि ५ लाख ८८ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले जारी गर्ने शेउरमा आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं. २, ३, ४ र ६ (साविककको सार्दिखोला गा।वि।स, घाचोक गाविस, गाहाचोक गाविस र धिताल गाविस) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
उक्त आईपीओमा छिटोमा असार १५ गते र ढिलोमा असार ३० गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ।
न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।