काठमाडौं । हिमालयन हाइड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले वैशाख २५ गतेदेखि आवेदन खुल्ला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि कुल ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
उक्त शेयरमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
उक्त आईपीओका लागि लगानीकर्ताहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।