images
images

आदर्श लघुवित्तको आईपीओ असार ३ गतेदेखि


  • 474
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    आदर्श लघुवित्तको आईपीओ असार ३ गतेदेखि

    काठमाडौं । आदर्श लघुवित्तको आईपीओ असार ३ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको ६७ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । 

    निष्काशन गरिने शेयरमध्ये १ हजार ३५ बित्ता शेयर कर्मचारीका लागि र ३ हजार ३ सय ५० कित्ता शेयर सामुहिक लागानी कोषको लागि  छुट्याएको छ । र बाँकी ६२ हजार ६ सय १५ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गर्न लागिएको छ ।

    उक्त आईपीओमा छिटोमा असार ६ गते र ढिलोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट रहेको छ।

    न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । 


    images
    images

    Logo