images
images

श्वेत गंगा हाइड्रोपावरको आईपीओ आजदेखि


  • 737
    SHARES
  • २०७९ जेठ २३ गते सोमबार

    श्वेत गंगा हाइड्रोपावरको आईपीओ आजदेखि

    काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले १५ लाख ९३ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको छ । जसमध्ये आयोजना प्रभावित क्षेत्र रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि ११ लाख १५ हजार १सय कित्ता आईपीओ निष्काशन गर्ने भएको छ  । 

    त्यस्तै, आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नं.१ र ३ का बासिन्दाका लागि ३ लाख ९८ हजार २ सय ५० कित्ता र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउपालिकाको वडा नं. १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउपालिकाको वडा नं। १, २ र ३ लाख  ७९ हजार ६ सय ५० कित्ता छुट्याइएको छ ।

    यस्तो निष्काशन बन्द छिटोमा असार ६ गते र ढिलोमा असार २१ गते हुनेछ। कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।


    images
    images

    Logo