यस्तो छ सोमबार बस्ने प्रतिनिधिसभाको सम्भावित कार्यसूची
320
SHARES
२०७९ जेठ २२ गते आइतबार
काठमाडौं । प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । उक्त बैठक भोलि (सोमबार) ११ बजे गरि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।
सचिवलायले सार्वजनिक गरेको कार्यसूची अनुसार सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने भएका छन् ।
यसका साथै मन्त्रालयगत विनियोजन विद्येयकमाथि पनि छलफल हुने संसद सचिवालयले जनाएको छ ।