काठमाडौं । मधेस सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको छ । सो नीति तथा कार्यक्रममा मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने निर्णय गरेको हो ।
आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् ।