images
images

काठमाडौंको टेकुमा रहेको पेट्रोल पम्पको ट्यांकी बिस्फोट, २ जना घाइते


  • 715
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    काठमाडौंको टेकुमा रहेको पेट्रोल पम्पको ट्यांकी बिस्फोट, २ जना घाइते

    काठमाडौं । काठमाडौंको टेकुस्थित रहेको पेट्रोल पम्पमा बिस्फेट भएको छ । पम्पको इन्धन राख्ने ट्यांकी बिस्फोट हुँदा दुई जना घाइते भएका छन्। 

    आइतबार साँझ ५ बजे इन्धन राख्ने ट्यांकीको ढक्कन वेल्डिङ गर्ने क्रममा अकस्मात भित्रबाट ग्यास बिस्फोट भएको स्रोतले जनाएको छ ।

    उक्त बिस्फोट परि पर्सा जगन्नाथपुर घर भई हाल काठमाडौंको कालिमाटी बस्ने  किशोरी साह र  दीपककुमार साह घाइते भएका छन्। उनीहरू दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 


    images
    images

    Logo