images
images

एकीकृत समाजवादीद्वारा नयाँ मन्त्रीको नाम सिफारिस, कसको ठाउँमा को गए ? 


  • 505
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    एकीकृत समाजवादीद्वारा नयाँ मन्त्रीको नाम सिफारिस, कसको ठाउँमा को गए ? 

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले नयाँ मन्त्रीको सिफारिस गरेको छ । सरकारमा रहेको वर्तमान मन्त्रीलाई फिर्ता बोलाएसँगै समाजवादीले नयाँ मन्त्रीको नाम सिफारिस गरेको हो । 

    यस अनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको स्थानमा भवानी खापुङलाई सिफारिस गरेको छ । खापुङ यस अघि सोही मन्त्रालयमा राज्यमन्त्री थिइन् । त्यस्तै, पर्यटनमन्त्री प्रेम बहादुर आलेलाई फिर्ता बोलाएर  पर्यटन मन्त्रीमा जीवनराम श्रेष्ठलाई सिफारिस गरेको छ । 

    शहरी विकास मन्त्रीमा भने मेटमणि चौधरीको नाम सिफरिस गरिएको छ । यसअघि उक्त मन्त्रालयमा रामकुमारी झाँक्री मन्त्री थिइन् । 

    त्यस्तै, श्रममन्त्रीमा किसान श्रेष्ठलाई फिर्ता बोलाएर  शेयर बहादुर कुँवरलाई सिफारिस गरिएको छ । साथै स्वास्थ्य राज्यमन्त्रीमा भने हीरा केसीको नाम सिफारिस गरिएको छ ।


    images
    images

    Logo