काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
साताको अन्तिम दिन (शुक्रबार) प्रतितोला ९८ हजार ५ सयमा कारोबार भएको सुन आज एकैदिन ६ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ९ सयमा कारोबार भएको छ ।
त्यस्तै, आइतबार तेजावी सुन प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी १५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।