images
images

पत्रकार महासंघको सम्मान बहिस्कार


  • 534
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    पत्रकार महासंघको सम्मान बहिस्कार

    भक्तपुर । भक्तपुर नगरपालिकाका नव निर्वाचित मेयर र उप मेयरले पत्रकार महासंघको सम्मान बहिस्कार गरेका छन । पत्रकार महासंघ भक्तपुरले शनिवार आयोजना गरेको सम्मान कार्यक्रम भक्तपुर नगरपालिकाका मेयर शुनिल प्रजापति र उप मेयर रजनी जोसीले बहिस्कार गरेका हुन । 

    २०७४ सालमा पनि मेयर र उप मेयर निर्वाचित प्रजापति र जोशीले पाँच बर्ष अधि पनि पत्रकार महासंघले आयोजना गरेको सम्मान कार्यक्रम बहिष्कार गरेका थिए । त्यतिबेला सम्मान कार्यक्रममा नआएको, महासंघसंग सहकार्य गर्न नखोजेको र महासंघको अस्तित्व नै नस्विकारेको भन्दै महासंघको साधारणसभाले खेद व्यक्त गरेको थियो ।

    पत्रकार महासंघ भक्तपुरका निवर्तमान  अध्यक्ष पुष्कर राज बुढाथोकी जुनसुकै कार्यक्रम गर्दा पनि सहकार्य गर्न जांदा समेत सहकार्य हुन नसकेपछि त्यस्तो निर्णय गरिएको बताउँछन् । महासंघका एक पदाधिकारीका अनुसार यस पटक पनि महासंघको टोलिले मेयर प्रजापतिलाई भेटेर कार्यक्रम बारे जानकारी गराएको थियो । त्यसपछि पत्र र फोनमा समेत जानकारी दिइएको थियो । 

     पटक( पटक फोन गर्दा समेत फोन नउठेपछि कार्यक्रम शुरू गरिएको थियो ।  कार्यक्रममा बोल्दै पत्रकार महासंघ  उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले पत्रकार महासंघ पत्रकारहरुको साझा छाता संगठन भएकोले यसलाई विभेदको आखाँले नहेर्न आग्रह गर्दै भक्तपुर नगरपालिकाले महासंघको अस्तित्व अस्वीकार गरेकोप्रति आलोचना गरे ।

     कार्यक्रममा सुर्यविनायक  नगरपालिकाका प्रमुख बाशुदेव थापा, मध्यपुर थिमिका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगर प्रमुख जीवन खत्री, मध्यपुर थिमिका उप प्रमुख बिजय श्रेष्ठ र सुर्यविनायक नगरपालिकाकी उप प्रमुख सरिता भट्टराईलाई सम्मान तथा बधाई दिइएको थियो । 

    कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुखहरुले नेपाल पत्रकार महासंघ भक्तपुरसंग सहकार्य  गरेर अघि बढ्ने र शाखाको भवन निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।नवनिर्वाचित नगर प्रमुख र उपप्रमुखलाई बधाई, शुभकामना र साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठ र सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराइले भक्तपुरमा पत्रकारिताको बिकासको लागि महासंघ संग सहकार्य गर्ने बताउदै महासंघको भवन निर्माण अभियानमा आफूहरुले सक्दो सहयोग गर्ने बचन दिए।

    कार्यक्रमलाई सम्बोधन गर्दै सूर्यविनायकका नगर प्रमुख बासुदेव थापाले आफ्नै नगरपालिका क्षेत्रमा बन्ने महासंघको भवन निर्माणमा पैसाको कमि हुन नदिने बताउँदै भक्तपुर नगर बाहेकका तीनैवटै नगरपालिकाले महासंघको भवन बनाउन सक्दो सहयोग गर्ने उल्लेख गरे । 

    अघिल्लो आफ्नो कार्यकाल सफल बनाउन पत्रकारले सहयोग गरेको उल्लेख गर्दै प्रमुख थापाले  जनप्रतिनिधिले गलत काम गर्न खोजे पत्रकारले खबरदारी गर्नुपर्ने बताए ।पत्रकारले राजनीतिक आस्थाको आधारमा नभई निष्पक्ष पत्रकारिता मार्फत जनतालाई सूसुचित गर्नुपर्नेमा थापाको जोड थियो । आफू पार्टीबाट निर्वाचित भएपनि नगर प्रमुखको रुपमा सबैको साझा प्रतिनिधिको रुपमा निष्पक्ष कार्यसम्पादन गर्ने प्रतिवद्धता थापाले गरे ।

    mahasangh1.jpg

     चाँगुनारायणका नगर प्रमुख जीवन खत्रीले सूचना र संचारको युगमा  जनतालाई सूसुचित गरी समाज, नगर र राष्ट्रलाई समृद्ध बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताए । पत्रकारले सूचना प्रवाह गर्दा संवेदनशील भएर सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिदै खत्रीले काठमाडौंमा बालेनको जितमा सञ्चारमाध्यमको भूमिका रहेको उल्लेख गरे ।

     मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले महासंघसंग सहकार्य गरी संचार क्षेत्रको विकास गर्ने बताउँदै  नगरपालिकामा पुरानो नेतृत्वले गरेका राम्रा कामलाई निरन्तरता दिने र कमजोर पक्षलाई सुधार गरेर अघि बढ्ने बताए । 

    त्यसैगरी मध्यपुर थिमिका उपप्रमुख विजय कृष्ण श्रेष्ठले समयमा सहि सूचना दिनु पत्रकारको दायित्व भएको उल्लेख गर्दै पत्रकारिताको विकासमा नगरपालिकाले महासंघ संग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। सूर्यविनायककी उपप्रमुख सरिता तिम्सिना भट्टराईले सञ्चार जगतको विकासबीना नगरपालिकाको विकास सम्भव नभएको उल्लेख गर्दै निश्पक्ष समाचार पस्केर जिल्लाको विकासमा सहयोग पुर्याउन आग्रह गरिन ।

     पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले कस्तो सूचना समाचार होइन र कस्ता सूचना बाहक पत्रकार होइनन भन्ने भेउ नपाउँदा सिंगो पत्रकारिता क्षेत्र बद्नाम बनिरहेको बताउदै यसतर्फ सचेत रहन आग्रह गरे ।

    भक्तपुर शाखाका कार्यवाहक अध्यक्ष सुन्दर सिल्पकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका  केन्द्रीय सचिव नारायण सुन्दर किलम्बु, जिल्ला शाखा उपाध्यक्ष लिला श्रेष्ठ, सचिव संजीप घिमिरे शुभचिन्तक लगायतले मन्तब्य राखेका थिए।


    images
    images

    Logo