images
images

शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले ७ दिनभित्र सम्पर्क गर्न महानगरको आग्रह


  • 331
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    शौचालय सार्वजनिक प्रयोग गर्न दिन इच्छुकले ७ दिनभित्र सम्पर्क गर्न महानगरको आग्रह

    काठमाडौं । काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्ट, बैंक लगायतले शौचालयलाई सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने इच्छुक भएमा ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। काठमाडौं महानगरले आइतबार सुचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई इच्छुक भएका ७ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो । 

    काठमाडौंमा आवश्यकताअनुसार सार्वजनिक शौचालय नभएपछि सरकारी वा निजी संघसंस्थाका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न लागिएको छ।

    काठमाडौं महानगरकोपहिलो कार्यपालिका बैठकमा मेयर बालेन शाहले होटल, रेष्टुरेन्टका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोगमा ल्याउन सकिने बताएका थिए। सोही अनुसार कार्य अघि बढेको महानगरले जनाएको छ । 

    mahanagarktm.jpg

     


    images
    images

    Logo