images
images

प्राइम कमर्सियल बैंकको ५ अर्ब बराबरको ऋणपत्र जेठ ३१ गतेदेखि


  • 405
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    प्राइम कमर्सियल बैंकको ५ अर्ब बराबरको ऋणपत्र जेठ ३१ गतेदेखि

    काठमाडौं । प्राइम कमर्सियल बैंकले जेठ ३१ गतेदेखि १०.५० प्रतिशतमा ऋणपत्र निष्काशन गर्ने भएको छ । सो ऋणपत्रको अवधि ५ वर्षको रहनेछ ।

    बैंकले ‘१०.१५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। 

    कुलकित्तामध्ये २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । यो ऋणपत्रमा सामूहिक लगानीकोषहरूबाट भने आवेदन प्राप्त नभएको बैंकले जानकारी दिएको छ ।

     यो ऋणपत्र खरीदका लागि छिटोमा असार ३ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएमा भने ढिलोमा असार १४ गतेसम्म विक्री खुला हुनेछ । 

    यो ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

     


    images
    images

    Logo