images
images

बस दुर्घटनामा ९ जनाको मृत्यु,  ३२ जना घाइते


  • 433
    SHARES
  • २०७९ जेठ २२ गते आइतबार

    बस दुर्घटनामा ९ जनाको मृत्यु,  ३२ जना घाइते

    काठमाडौ । रूपन्देहीमा भएको बस दुर्घटनामा ९ जनाको ज्यान गएको छ । ३२ यात्रु घाईते भएका छन ।

    जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रु बस भैरहवा(परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटनामा परेको हो ।  प्रहरीका अनुसार  लु २ ख ३८४१ नम्बरको रात्रिबस आइतबार बिहान पौने ५ बजे भैरहवा नजिकैको रोहिणी खोला पुलबाट  खोलामा खसेको हो ।

    घाईतेहरूलाई सुरक्षाकर्मी र स्थानीयले उद्धार गरी अस्पतालमा पुर्‍याइएका थिए । घाइतेहरुको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । 

    भीम अस्पतालमा ४ जना र युनिर्भसल शिक्षण अस्पतालमा ५ जना गरी ९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । चालक निदाएका कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ ।


    images
    images

    Logo