काठमाडौं । शेयर बजार घट्ने क्रम आज पनि रोकिएको छनै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.७६ अंकले घट्दा २ हजार ७८ दशमलव ७० विन्दुमा झरेको छ । सूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ ।साताको अन्तिम दिन शुक्रबार २ सय २६ कम्पनीको १ अर्ब ३० करोड रुपैयाँ बराबरको ३८ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको छ । कारोवारमा आएका मध्ये १७ वटाको शेयर मूलय बढेको छ भने १ सय ७४ वटाको शेयर मूल्य घटेको छ ।
शुक्रबार कारोवारमा आएका सवै समुहका परिसुचक राताम्मे भएका छन् । आज सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा एनआईसी एसिया बैंक रहेको छ । आज एनआईसी बैंकले ६२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।
यसैगरी दोस्रो स्थानमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टले ४ करोड २ लाख रुपैयाँको शेयर कारोबार गरेको छ भने हिमालयन डिष्टिलरी लिमिटेडले ३ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार गरेको छ । साथै अपि पावरको ३ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको ३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा उपकार लघुवित्त र बलेफी हाइड्रोपावर रहेका छन् ।



