images
images

सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर नराखे कारबाही गर्ने चेतावनी


  • 778
    SHARES
  • २०७९ जेठ २० गते शुक्रबार

    सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर नराखे कारबाही गर्ने चेतावनी

    काठमाडौं । यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ। इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी दिएकाे छ।

    सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको जनाएको छ । मोटरसाइकललगायत साना-ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न समेत विभागले आग्रह गरेको छ।

    साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट नराखेकाे भेटिएमा कारबाही गर्ने चेतावनी विभागको छ।

    yatayat.jpg


    images
    images

    Logo