images
images

५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ


  • 489
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    ५० हजार घुससहित प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई  ५० हजार घुससहित पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान रहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ । 

    विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित मामाज किचेन (होटल) मा आज ५ बजे घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टङ्गाल र बर्दिवासको संयुक्त टोलीले दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो । घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक कारबाहीको लागि अख्तियारले आफूसँगै लगेको छ । 


    images
    images

    Logo