काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ कम्पनीलाई आईपीओ निष्काशन गर्नका लागि अनुमति दिएको छ । बिहिबार बोर्डले सयपत्री हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्काशन गर्ने भएकोछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल रहेको छ ।
सो कम्पनीले आयोजना प्रभावित स्थानिय वासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डले जेठ १८ गते अनुमति दिएको हो ।
त्यस्तै, मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार १ सय १० कित्ता शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको छ ।
मन्दाकिनी हाइड्रोपावरले बिक्री प्रबन्धकमा बिओके क्यापिटललाई नियुक्त गरेको छ । सो कम्पनीले स्थानिय वासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न बोर्डले जेठ १८ गते अनुमति दिएको हो ।



