काठमाडौं । शेयर बजार लगातार घट्ने क्रम आज पनि रोकिएकाे छनै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.२६ अंकले घट्दा २ हजार २ सय १२ दशमलव ४७ विन्दुमा झरेको छ । विहीबार २ सय २७ कम्पनीका १ अर्ब १६ करोड रुपैयाँ बराबरको ३५ लाख ६६ हजार कित्ता शेयर किनबेच भएको छ । कारोवारमा आएका मध्ये ३९ वटाको शेयर मूलय बढेको छ भने १ सय ४९ वटाको शेयर मूल्य घटेको छ ।
विहीबार कारोवारमा आएका म्युचुअल फण्ड बाहेका सवै समुहका परिसुचक राताम्मे भएका छन् । बजेट पछि शेयर बजारमा तिव्र रुपमा गिरावट आएको छ । बजेट पछि बजार सुधार हुने अपेक्षमा रहेका लगानीकर्ताले बजेटमा कुनै पनि आकर्षक नपाए पछि बजार झन् तल झरन थालेको हो ।
आज बलेफी हाइड्रोपावरको शेयर मूल्य सर्किट लागेको छ । सर्वाधिक धेरै माउन्टेन हाइड्रोको कारोबार भएको छ । यस कम्पनीको १२ करोड १२ लाख रुपैयाँको खरिद बिक्री भएको छ । दोस्रो स्थानमा एनआईसी एशिया बैंकको रहेको छ । यस कम्पनीको ६ करोड ५४ लाख रुपैयाँको खरिद बिक्री भएको छ भने नबिल बैंकले ३ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज हिमालयन डिष्टिलरीले ३ करोड ८ लाख रुपैयाँको शेयर कारोबार भएको । साथै शिखर इन्स्योरेन्स कम्पनीको २ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ



