images
images

आगामी आर्थिक वर्षको बजेटः निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक


  • 311
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    आगामी आर्थिक वर्षको बजेटः निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक

    काठमाडौं ।  आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको संसदहरुको भनाइ रहेको छ ।

    प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिनुहुने सांसदहरूले मुलुकको अहिलेको आवश्यकताअनुसार सरकारले कृषि र निर्यातलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गरे । साथै उनहरुले कार्यान्वयनमा चुनौती रहेकामा सरकारको ध्यानाकर्षणसमेत गराए ।

    बैठकमा सांसद पूर्णकुमारी सुवेदीले बजेट समग्रमा राम्रो भएको बताउँदे बजेटले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगार युवाका लागि कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । कृषिमा रुपान्तरण राम्रो पक्ष भएको उल्लेख गर्दै उनले वनको संरक्षण गरी सदुपयोग गर्ने खालका थप कार्यक्रम ल्याउन सुझाव दिए ।

    सांसद सरलाकुमारी यादवले निर्यात बढाउन आवश्यक पूर्वधार बढाउनुपर्ने बताउँदै मुलुक आर्थिक सङ्कटमा भए पनि आत्तिने अवस्था छैन भने । निजी क्षेत्र र निर्यात क्षेत्रलाई प्राथमिकतामा राखेको बजेट सकारात्मक भएको उनको भनाइ थियो ।

    सांसद खगराज अधिकारीले सरकारले उत्पादन सिर्जना गर्नुपर्ने बताउँदै शेयरबजार दैनिक घटेको र अर्थतन्त्रलाई माथि उठाउने खास योजना नदेखिएको टिप्पणी गरे । आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको र सो कार्यक्रम अहिले निजी क्षेत्रलाई दिने कुरा गलत छ  र साथै उनले बजेटमा हिजोका विकासलाई प्रतिस्थापन गरी नयाँ कार्यक्रम ल्याएको बताए ।

    सांसद सीतादेवी यादवले बजेट राम्रो भएको तर कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले ९८ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने भनिए पनि स्वास्थ्यचौकीमा औषधि नपाइने गरेको बताए । 

     बजेटमा पर्यटनमा १० लाख भित्र्याउने लक्ष्य राम्रो भएको बताउँदै उहाँले यसबाट आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गनुका साथ बजेट कार्यान्वयका लागि बाँकी आवश्यक प्रावधान मौद्रिक नीतिमा समेट्नुपर्ने उनीहरुको भनाइ छ ।


    images
    images

    Logo