images
images

करिब २ सय तोला चाँदीसहित एक पक्राउ


  • 283
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    करिब २ सय तोला चाँदीसहित एक पक्राउ

    काठमाडौं । १ सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने कुमार विक  रहेका छन् ।

    कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई २ लाख २८ हजार १ सय ९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो ।

    विकको साथबाट पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उनले जानकारी दिए । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।  


    images
    images

    Logo