काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।