काठमाडौं । किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले जेठ २८ साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार जेठ १९ गतेसम्म कायम भएका शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।