images
images

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई आजदेखि


  • 482
    SHARES
  • २०७९ जेठ १९ गते बिहीबार

    एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई आजदेखि

    काठमाडौं । एनआईसी एशिया क्यापिटलको अर्को म्युचुअल फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाईका लागि आजदेखि आवेदन दिन सकिनेछ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो।

    निष्काशन गरिएको कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको छ । उक्त फण्डमा न्यूनतम १ सयदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।

    सो फण्डको इकाई छिटोमामा जेठ २४ गतेसम्म र ढिलोमा असार २ गतेसम्म आवेदन खुल्ला रहनेट।

    ७ वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। 


    images
    images

    Logo