images
images

आईओसीले पठायो नयाँ मूल्य सुची, फेरि ८ रुपैयाँ २१ पैसाले बढ्यो पेट्रोल


  • 924
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    आईओसीले पठायो नयाँ मूल्य सुची, फेरि ८ रुपैयाँ २१ पैसाले बढ्यो पेट्रोल

    काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसीले) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । बुधबार पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल मूल्य प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । हाल नेपालमा पेट्रोल मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ कायम छ ।

    डिजेलमा भने मूल्यघटेर आएको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यसैगरी, मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ । खाना पकाउने एलपी ग्याँसको १ सय २२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

    आईओसीले पठाएकाे नयाँ मूल्य सूची अनुसार अब पेट्रोलको घाटा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा, डिजेलमा २० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर ४ सय ५१ रुपैया घाटा रहेको निगमले जनाएको छ ।


    images
    images

    Logo