images
images

बजेटपछि मात्रै ९३ अंकले घट्यो शेयर बजार


  • 430
    SHARES
  • २०७९ जेठ १८ गते बुधबार

    बजेटपछि मात्रै ९३ अंकले घट्यो शेयर बजार

    काठमाडौं । शेयर बजार परिसूचक लगातार चौथो दिन घटेको छ । अघिल्लो बिहीबारदेखि आजसम्म लगातार परिसूचक घटेको छ । बुधबार शेयर बजार परिसूचक ७ अंकले घट्दा २ हजार १सय ३० दशमलव ७१ अंकमा झरेको हो ।

    सरकारले शनिबार नयाँ आर्थिक वर्षका लागि बजेट पेश गरेको थियो । बजेट प्रस्तुत भएपछिखुलेको शेयर बजार लगातार घटेको हो । बजेटपछि मात्रै यस्तो गिरावट ९३.०७ अंक पुगिसकेको छ । अहिलेको यो परिसूचक झन्डै डेढ वर्षदेखिकै कम हो । 

    आज बजारमा १ अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


    images
    images

    Logo