काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८४ विक्री खुल्ला गरेको छ । बैंकले जेठ १८ गतेदेखि असार ६ गते सम्मको लागि सो बचतपत्र विक्री खुल्ला गरेको छ ।
बैंकले १२.५० प्रतिशतले व्याज पाइने गरि ५० करोड रुपैयाँ बराबरको बैदेशिक बचतपत्र विक्री खुल्ला गरेको हो । यो बचतपत्र अवधि ५ बर्षको हुनेछ भने यसको व्याज भुक्तानी भने ६÷६ महिनामा हुनेछ ।
उक्त बचतपत्रमा मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आपूm वा आफ्नो परिवारको सदस्यको नाममा खरीद गर्न पाउनेछन् । बचतपत्रमा आवेदन दिँदा कम्तिमा १० हजार रुपैयाँ र बढीमा १० हजारले निशेष भाग जाने हुनेगरि आवेदन दिनुपर्ने छ ।
यो बचतपत्र २०८४ असार १३ गते परिपक्क हुनेछ ।



