काठमाडौं । हालै नेपाल सरकारबाट सार्वजनिक गरिएको २०७९/८० को बजेटप्रति स्वदेशी बनस्पति घ्यू तेल उद्योग आपत्ती जनाएको छ । सरकारले बजेटमार्फत भंसार आयातमा गरिएको छुटले नेपाली उद्योगहरुलाई दिर्घकालिन असर पर्ने र उद्योगहरु निरुत्साहित हुने भएकाले नेपाली उद्योगले बजेटप्रति आपत्ती जनाएको हो ।
हाल नेपालमा कच्चा पदार्थको आयातमा १० प्रतिशत भंसार महसुल र तयारी÷प्रशोधित सामानको आयात महसुल १५ प्रतिशत तोकिएकामा हाल बनेको २०७९÷८० को बजेट अनुसार तयारी÷प्रशोधित बस्तुको आयात महसुल नै ५ प्रतिशत तोकिएको छ । जुन कच्चा पदार्थको भन्दा एक तह कम हुनजान्छ । जसले गर्दा विदेशबाट आयादित बस्तुभन्दा नेपालमा बनेका बस्तुको मूल्य बढि पर्न जाने भएकाले स्वादेशी उद्योग र नेपाली सामान निरुत्साहित हुने र ओझेलमा पर्ने पनि नेपाल वनस्पति घ्यू तेल उद्योग संघ भनाइ रहेको छ ।
नेपालबाट यस आर्थिक वर्ष वैशाख मसान्तसम्म ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको छ । भारत सरकारले शुन्य प्रतिशतमा भंसार महसुल झरेको कारण नेपालबाट भारत निकासी हुँदै आएको वनस्पति तेलको परिणाममा कमि आउने संघदे जनाएको छ ।
त्यस्तै, सरकारको स्थानीय यद्योगलाई बढवा दिने र तयारी पदार्थभन्दा कच्चा पदार्थको भंसार महसुल १ तह कम हुने नितिको समेत विरोधाभाष भएको समेत संघले जनाएको छ । संघका अनुसार कच्चा पदार्थमा तिर्दै आएको १० प्रतिशत भंसार महसुल भन्दा तयारी सामानको ५ प्रतिशत महसुल तिर्दा सरकारको राजश्वमा समेत गभ्रि असर पर्ने समेत संघको भनाइ छ ।
संघका अनुसार वनस्पति तेल उद्योग संकटउन्मुख भई समस्याग्रस्त भएको छ । जसलाई जतिसक्दो छिटो समाधन नगरे उद्योग नै बन्द हुन जाने र यसले समग्र अर्थतन्त्रलाई नै गम्भिर असर पर्ने छ । २०७९÷८० को बजेटमा प्रस्तुत गरेको कच्चा पदार्थको भन्दा तयारी सामानको भंसार महसुल एक तह कम गरिएको छ । जसलाई अभिलम्भ खारेज गर्न समेत भनेको छ ।
उपभोक्ताहरुलाई चरम महंगीबाट राहात दिनका लागि भारतबाट अनाधिकृत रुपमा आउने तेल रोक्नका लागि कच्चा खाने तेलको आयातमा भंसार महसुल शुन्य प्रतिशत र मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुट दिनुपर्ने समेत आग्रह गरेको छ ।



