काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप २ नयाँ शाखा पथरी र इनरुवामा सञ्चालनमा ल्याएको छ ।
पथरी शाखा बैंकका संचालक समिति सदस्य मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्यज्यू, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुखबजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष आशा राई र इलाकाप्रहरी कार्यालयपथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य र इनरुवानगरपालिकाको मेयर केदार भण्डारीले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा बैंकको प्रमुखकार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुखबजार अधिकृत अनुपमाश्रेष्ठ मानन्धर, इनरुवानगरपालिकाको उपमेयर विनिता मेहता, इनरुवानगरपालिकाको पूर्व मेयर गोपाल कोईराला ,इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटल, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेका थियो ।
२०७८ चैत्रमसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुदमुनाफा आर्जन गर्न सफल भएको छ । उक्तमुनाफा गतवर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
थप दुईशाखा संचालनमा आएपछि बैंकको कुलशाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ ।



