काठमाडौं । मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । मंगलबार पत्र लेख्दै अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लिटरमा १०÷१० रुपैयाँका दरले पूर्वाधार कर घटाउन भनेको हो ।
उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यो कर घटाउन लागिएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १ सय ८० रुपैयाँ रहेको छ । डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजना हुनेछ ।