images
images

गायक राजु लामा र मेयर सुरेन्द्र श्रेष्ठ सहित जनप्रतिनिधिहरु सम्मानित


  • 529
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    गायक राजु लामा र मेयर सुरेन्द्र श्रेष्ठ सहित जनप्रतिनिधिहरु सम्मानित

    भक्तपुर । भक्तपुरको गठ्ठाघरमा आयोजित एक कार्यक्रमका बीच चर्चित गायक राजु लामा सहित मध्यपुर थिमि नगरपालिकाका नव निर्वाचित प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधिलाई बधाइ एवं शुभकामना व्यक्त गरिएको छ ।

    द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड किचनले आज आयोजना गरेको कार्यक्रममा बधाइ ज्ञापन गर्दै सम्मानित गरिएको हो ।

    चर्चित सांगितिक समुह मंगोलियन हार्टका गायक लामालाई विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुका साथै ७ हजार नौ सय मिटरको उचाइमा एकल सांगीतिक कार्यक्रम गरी विश्व किर्तिमान राखेकोमा बधाइ ज्ञापन गरिएको हो ।

    सोही अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ,उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नगरपालिकाका वडा नं। ३ का वडाध्यक्ष कृष्णहरी आचार्य लगायत वडा सदस्यलाई संस्थाका सञ्चालक तथा मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले खादा ओडाएर सम्मान गरे । 

    कार्यक्रममा  गायक लामा तथा प्रमुख श्रेष्ठले बधाइ तथा शुभकामनाको लागि आयोजकलाई धन्यवाद दिँदै नागरिकको हित र समाजको उत्थानका कार्य गर्ने बताएका थियो ।


    images
    images

    Logo