काठमाडौं । मंगलबार २ कम्पनीको २४ लाख ८० हजार ४ सय ५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । सुचीकृत हुने कम्पनीमा नेको इन्स्योरेन्स र सपोर्ट लघुवित्तको शेयर नेप्सेमा सुचीकृत भएको हो ।
नेको इन्स्योरेन्स १५ प्रतिशत बोनस शेयर बापतको २२ लाख ८२ हजार ४ सय ५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको । त्यस्तै, सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस शेयर बापतको १लाख ९८ हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
यी दुई कम्पनीको शेयर सुचीकरणसँगै दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएका छन् ।