काठमाडौं । विन नेपाल लघुवित्तको शेयर मुल्य समायोजन भएको छ । लघुवित्तको ९.३३ प्रतिशत बोनस शेयर बापत नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
लघुवित्तको ९.३३ प्रतिशत बोनस पछि नेप्सेले प्रतिकित्ता ९ सय ८७ दशमलव ८३ रुपैयाँमा समायोजन भएको छ । उक्त कम्पनीको मंगलबारको अन्तिम मुल्य १ हजार ८० रुपैयाँमा भएको थियो ।